प्रतितोला रु.४०० ले घट्यो सुनको मूल्य

Newsdurbar

२०७९-०१-११

421
Shares

gold
पहेँलो

काठमाडौँ- सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रति तोला रु एक लाख ५०० तोकिएको छ । 

पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख ९०० मा कारोबार भएकामा आज प्रतितोला रु ४०० ले ओरालो लागेको हो ।

 नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख ४०० थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार ३६० कायम रहेको महासङ्घले जनाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३१ डलर आसपास कारोबार भइरहेको छ । 

421
Shares

धेरै हेरिएका

©Nepal Durbar 2021-2024. All rights reserved.

Developed By IvaZz Technology