पोखरा मेयरमा कांग्रेसका दुई बागी उम्मेदवारले फिर्ता लिए मनोनयन

Newsdurbar

२०७९-०१-१६

230
Shares

१६ वैशाख,  पोखरा  । पोखरा महानगरको मेयर पदमा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका दुईजनाले मनोनयन फिर्ता लिएका छन् ।

नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले शुक्रबार आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन् । 

उनीहरु गठबन्धनको विरोधमा पोखराको मेयरमा उम्मेद्वारी दिएका थिए । तर, पार्टीले दिएको नर्देशन पालना गर्दै लोकतन्त्रको रक्षाका लागि उम्मेद्वारी फिर्ता लिएको उनीहरुले बताएका छन् ।

तिवारी र सापकोटाले उम्मेदवारी फिर्ता लिए पनि बागी विमल कार्कीले भने फिर्ता लिएका छैनन् ।

उनी पनि कांग्रेसकै नेता हुन् ।  अहिले गठबन्धनबाट वडाका उम्मेद्वारले समेत फिर्ता लिइरहेका छन् । 

230
Shares

धेरै हेरिएका

©Nepal Durbar 2021-2025. All rights reserved.

Developed By IvaZz Technology