राजधानीका खुला स्थान र पार्क (फोटो फिचर)

Newsdurbar

२०७९-०१-१७

381
Shares

धुलो धुँवा भीडभाड र कोलाहलपूर्ण काठमाडौंमा सुन्दर र शान्त अनि खुला ठाँउ कहाँ होला ? हामीलाई काठमाडौं शहर घुम्दा यस्तै लाग्छ । तर होइन राजधानीमा सुन्दर र शान्त अनि खुला ठाँउ पनि छन् ।

२०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाँउको महत्व बढेको छ । सरकारी र नीजि क्षेत्र शहरका खुला ठाँउ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन् ।

पार्कमा घुम्ने संस्कृति पछिल्लो समय दिनदिनै बढ्दै गइरहेको छ । भागदौडपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्याएर आजकलका राजधानीवासी घुम्न निस्कन्छन् ।

लामो बिदामा टाढा घुम्न जाने संस्कृती विकास भएको छ भने छोटो फुर्सदमा पार्क तथा खुला ठाउँमा टहलिने धेरै भेटिन्छन् । यिनै खुला स्थान र पार्क घुमेर न्युज एजेन्सी नेपालका फोटोपत्रकारहरुले खिचेको प्रतिनिधि तस्बीरहरु आजको फोटो फिचरमा ।

381
Shares

धेरै हेरिएका

©Nepal Durbar 2021-2025. All rights reserved.

Developed By IvaZz Technology