भारतमा २४ घण्टामा २ हजार ५ सय ६८ जना कोरोनाका नयाँ सङ्क्रमित

Newsdurbar

२०७९-०१-२०

203
Shares

२० वैशाख,  नयाँ दिल्ली । भारत २४ घण्टाको समयावधी अर्थात सोमबार मधयरातिसम्म  दुई हजार  ५६८ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ८४ हजार ९१३ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ । 

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः नयाँ सङ्क्रतिको सङ्ख्या तीन हजार नाघेको लगातार पाँचौँ दिन भएको थियो  ।

यद्यपी गत २४ घण्टामा भने केही कमी आएको पाइएको छ ।  

थप एक दिनमा भएका कोरोनाका नयाँ सङ्क्रमतिमध्ये ४२ प्रतिशत दिल्लीका रहेका समाचारमा जनाइएको छ । हाल राष्ट्रिय राजधानी दिल्लीमा पाँच हजार ७४४ सक्रिय सङ्क्रमित रहेका छन् ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २० जनाको मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २३ हजार ८८९ पुगेको छ । भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १९ हजार १३७ जना रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । 

भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेको पाइए तापनि गत २४ घण्टामा केही हप्तापछि पहिलो पटक ३६३ जना सक्रिय सङ्क्रमित घटेको छ ।  

२४ घण्टाको समयावधी अर्थात सोमबार मध्यरातिसम्म दुई हजार ९११ जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ४१ हजार ८८७ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएका छन् ।

203
Shares

धेरै हेरिएका

©Nepal Durbar 2021-2025. All rights reserved.

Developed By IvaZz Technology