थप ४ जनामा कोरोना संक्रमण, १७३ जना सक्रिय संक्रमित

Newsdurbar

२०७९-०१-२९

225
Shares

पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४६३ जनाको पीसीआर परीक्षणमा ४ जना र ३५४ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी ४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने हाल देशभर १७३ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १७२ जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

विहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार १८९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ८५७ जना संक्रमणमुक्त भएका छन् ।

225
Shares

धेरै हेरिएका

©Nepal Durbar 2021-2024. All rights reserved.

Developed By IvaZz Technology