शेयर बजारमा फर्कियो उत्साह,नेप्से परिसूचक २.५६ प्रतिशतले वृद्धि

Nepal Durbar

२०७७-१२-१२

264
Shares

२०७७ चैत्र ८ आइतबार, काठमाडौं । साताको पहिलो दिन आज नै शेयर बजारमा उत्साह फर्किएको छ । पछिल्लो केही सातादेखि निरन्तर गिरावट आएको बजारमा यस दिन भने नेप्से परिसूचक २.५६ प्रतिशतले बृद्धि भएर २ हजार ५३८.४७ बिन्दुमा पुगेको हो । गत साताको अन्तिम कारोबार दिन बिहीबार सामान्य सुधार देखिएको बजारमा आज भने हरियाली छाएको छ । यो दिन कारोबारमा आएका १३ ओटै समूहको परिसूचक बृद्धि भएको हो । नेप्से परिसूचक बृद्धि भएसँगै आज बजार पूँजीकरण रकम समेत बढेर ३५ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । नेप्से परिसूचकसँगै आज ठूला कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.१३ प्रतिशतले बृद्धि भएर ४५३.५९ बिन्दुमा उक्लिएको छ ।
आजको दिन नेप्से परिसूचकसँगै कारोबार रकममा समेत बृद्धि भएको छ । आज २०६ ओटा कम्पनीको ८० हजार ९८६ पटकको व्यापारमा एक करोड २४ लाख ३० हजार २ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

264
Shares

धेरै हेरिएका

©Nepal Durbar 2021-2024. All rights reserved.

Developed By IvaZz Technology