नेपालको अर्थतन्त्र गम्भीर मोडमा !

Newsdurbar

२०७९-०१-१४

271
Shares

१४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक रावलले नेपालको अर्थतन्त्र गम्भीर मोडमा रहेको बताउनु भएको छ ।

बुधबार नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्वगभर्नर रावलले यस्तो बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्र समस्या रहेको तर सरकारले गर्नु पर्ने काम गर्न नसकेको बताउनु भयो  ।  डा. रावलले विश्व अर्थतन्त्रमा नै समस्या आएकाले नेपालको अर्थतन्त्रमा समस्या आउनु कुनै व्यक्तिको कारण मात्रै नभएको बताउनु भयो । पछिल्लो समय बढ्दो आयातले भुक्तानी सन्तुलन बिगारेकाले मुलुकको अर्थतन्त्र दुर्घटना उन्मुख बनेको बताउनु भयो । उहाँले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरोकारवाला सबै पक्ष मिलेर समस्या समाधान गर्नुपर्ने बताउनु भयो । डा. रावलले गभर्नर निलम्बन प्रकरणमा २० वर्षअघि आफूले जस्तै महाप्रसाद अधिकारीले न्याय पाएको बताउनु भयो ।  उहाँले विश्व व्यापारमा केही नकारात्मक असर परेको हुँदा यसको प्रभाव नेपालको अर्थतन्त्रमा पनि परेको बताउनु भयो । पूर्वगभर्नर रावलले नेपालको अर्थतन्त्र गम्भीर मोडमा रहेको बेला सरकारले गर्नुपर्ने काम गर्न भने नसकेको आरोप लगाउनु भयो । उहाँले अर्थतन्त्रका सूचकहरू हेर्दा सचेत रहने बेला आएको उल्लेख गर्नु भयो ।

उहाँले भन्नेभयो, ‘मलाई आज अति खुसी लागेको छ । करिब २० वर्ष अगाडि जुन मारमा म परेको थिए । जुन अदालतले मलाई राहत दिएर पुनः राष्ट्र बैंकमा र्फकाएको थियो । सोही अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पनि पुनः राष्ट्र बैंकमा र्फकाएको छ । आगामी दिनमा अरु जोस जाग सहित राष्ट्रिय अर्थतन्त्रको हितमा काम गर्न होला । एक वर्षको बजेटभन्दा बढी व्यापार घाटा हुने बेला आयो, भुक्तानी सन्तुलनको अवस्था र चालु खाताको अवस्था खस्किदो छ, कुनै पनि सुचक सन्तोषजनक छैन । अर्थतन्त्र समस्या त छ, तर कुनै एक प्रधानमन्त्री, अर्थमन्त्री, पार्टीका नेताका समस्यामा परेको होइन । ‘राष्ट्र बैंकले केही गर्न सकेन भन्ने कुरा पनि गलत हो, अर्थतन्त्र कुनै व्यक्तिका कारण समस्यामा परेको होइन ।’

पूर्वगभर्नर रावलले नेपालमा स्थानीय उत्पादनमा प्राथमिकता दिँदा नेपालमा अर्थतन्त्रमा टेवा पुग्ने भन्दै उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो । 

271
Shares

धेरै हेरिएका

©Nepal Durbar 2021-2026. All rights reserved.

Developed By IvaZz Technology