विदेशीलाई नेपालीसरह भाडादर कायम गर्न आवश्यक छ : पर्यटनमन्त्री प्रेम आले

Newsdurbar

२०७९-०१-१६

259
Shares

१६ वैशाख, काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालमा विदेशी नागरिकहरुले पनि नेपालीले सरह हवाइ भाडा भुक्तानी गर्ने वातावरण बनाउनु पर्ने आवश्यकता रहेको बताउनु भएको छ । 

शुक्रवार पर्यटन पुनरुत्थान कार्यविधि २०७८ ग्रहण गर्दै मन्त्री आलेले यस्तो बताउनुभएको हो । उहाँले नेपालीहरु विदेशमा जाँदा त्यहाँका नागरिकसरह नै भाडा तिर्ने गरेको भन्दै नेपालमा पनि  विदेशीलाई नेपालीसरह भाडादर कायम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालका लागि इजरायलका राजदूत हनान गोदारसँगको भेटमा राजदूत ओदारले भाडा समान नभएको गुनासो गर्नुभएको जानकारी दिनुभयो । मन्त्री आलेले राजदूतसँगको भेटमा अहिले कोरोनाको मारमा रहेकोले तत्काल सो समस्या सम्बोधन गर्न नसकिने जानकारी गराएको बताउनु भयो । मन्त्री आलेले आन्तरिक वायुसेवा कम्पनीहरुलाई टिकट बिक्री गरेअनुसारकै समयमा उडान भर्न पनि निर्देशन दिनुभयो ।   

पर्यटनमन्त्री आलेले भन्नुभयो, ‘दुई महिनाजति भयो होला हाम्रो इजरायलको राजदूत हेलन ओदार आउनुभएको थियो । मैले आधा घण्टाजति भेटघाट गरेको थिएँ । मैले उहाँलाई नेपाल फर ओपन फर टुरिस्ट भनेँ । यू प्लिज साइन फर टुरिस्ट टू आवर कन्ट्री नेपाल भन्दा, मिनिस्टर हाउ इट विल बि पोशिबल यू आर पेइङ इन द एयरलाइन्स, यू आर पे द वल्ली टू थाउजेन्ट, विआर पेइङ ८ थाउजेन्ट, भने उनले । कोभिडले थला परेको पर्यटन क्षेत्र २ वर्षदेखि मारमा छ । त्यसैले नाउ इज इट नट पोसिबल भनेर मैले भने । त्यसैले यसलाई हामीले गम्भीरतापूर्वक लिन जरुरी छ । हामी अन्य देशमा जाँदा जति त्यहाँको नागरिकले तिर्छन् त्यति तिर्छौं । तर हामीकहाँ त्यो भएन । हामी यात्रा गर्दा बिहान ८ बजेको टिकट हामीलाई दिइन्छ, प्लेन १०÷११ बजे उड्छ । त्यो बिडम्वना छ । त्यसैले यसलाई अलि व्यवस्थित गर्नुपर्छ भनेर राती १२ बजेसम्म एयरपोर्टलाई ओपन राख्ने बिहान काम गरेर बेलुका फर्किनसक्ने भनेर यसो गरेका हौँ । ११ बजे उडाउनुहुन्छ भने ११ बजेको टिकट दिनुहोस् मान्छेको समय किन किल गरिराख्नुभएको छ ।’    

त्यस्तै मन्त्री आलेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा शौचालय व्यवस्थापनको लागि प्रधानमन्त्रीसहित गृह र अर्थमन्त्रीलाई बारम्बार ताकेता गर्दापनि सुनुवाई नभएको बताउनु भयो । विमानस्थलमा आउने विदेशी पर्यटकहरु शौचालय जाँदा मुख छोपेर जानुपर्ने बाध्यता रहेको स्पष्ट पार्नुभयो । उहाँले गृह मन्त्रालय अन्तर्गत रहेको अध्यागमन विभाग र अर्थ मन्त्रालय अन्तर्गत रहेको भन्सार विभागले गर्दा हरेक पर्यटकहरु विमानस्थलमा दुई घण्टा लाइनमा उभिनु पर्ने तथा एटिएमबाट डलर निकाल्ने कामलाई बिगार्ने कामहरु भएको बताउनु भयो । मन्त्री आलेले यस्ता किसिमका क्रियाकलापले पर्यटन मन्त्रालयको बदनाम भएको बताउनु भयो । उहाँले सरकार गठन भएको ९ महिना बितिसक्दा समेत पर्यटन,अर्थ र गृह मन्त्रालयबीच अहिलेसम्म समन्वय हुन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘यो गृह मन्त्रालय अन्तर्गत रहेको अध्यागमन विभाग अर्थ मन्त्रालय अन्र्तगत रहेको भन्सार विभागले गर्दा हरेक पर्यटनहरु विमानस्थलमा दुई घण्टा लाइनमा उभिनु पर्ने एटिएमबाट डलर निकाल्नु पर्ने त्यसलाई बिगार्ने कामहरु भएको छ । यस्ता खालका क्रियाकलापले गर्दा हामी बद्नाम भएको अवस्था छ । विमानस्थलमा पर्यटकहरु आएपछि पर्यटन मन्त्रालयको जिम्मेवारी हो भनेर उहाँहरुले सोच्नुहुन्छ । हामीले पटक–पटक ताकेता गरेका छौं । यस्तो नगर्नुस् । कम्तिमा लाइनमा घण्टौं उभिनु भन्दा बस्ने डेक्स थापौं भन्दा कुनै सुनुवाइ भएको छैन । पर्यटन,अर्थ र गृह मन्त्रालयको अहिलेसम्म कोर्डिनेशन भएको छैन । त्यसले गर्दा हामी अलिअलि आलोचित भएका छौं । पटक पटक सम्माननीय प्रधानमन्त्री,गृहमन्त्री र अर्थमन्त्री जीलाई भनेको छु । तर कुनै सुधार हुन सकेको छैन । हाम्रो पनि  कमजोरी गरिहेको अवस्था छ । पर्यटकहरु आउँछन् हरेक डेस्टिनेशनमा मुख छोपेर जानुपर्ने एकदमै बिडम्वना छ । यसलाई फरक ढङ्गमा हरेक व्यवस्थापन गर्न बाहिरी कम्पनीहरुलाई ल्याएर यसलाई अगाडि ल्याउनुपर्छ भनेर छलफल गराई राखेको छौं ।’

मन्त्री आलेले शौचालय तथा यात्रु बस्ने ठाउँको व्यवस्थापन गर्न विदेशी कम्पनीहरुलाई ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । 

259
Shares

धेरै हेरिएका

©Nepal Durbar 2021-2026. All rights reserved.

Developed By IvaZz Technology