अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा भत्ता दिन सरकारले नचाहेको आरोप

Newsdurbar

२०७९-०१-१७

275
Shares

१७ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) निकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा भत्ता दिन सरकारले नचाहेको आरोप लगाएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर जिफन्टले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो आरोप लगाएको हो । अनौपचारिक क्षेत्रमा पनि सामाजिक सुरक्षा भत्ता लागू गराउनका लागि कार्यविधि बन्दै गरेको भएपनि सरकार त्यसका लागि तयार नभएको पाइएको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताउनु भयो । उहाँले मजदुरलाई भन्दा सो भत्ताबारे सरकारलाई बुझाउन आफूहरुलाई गाह्रो भईरहेको टिप्पणी पनि गर्नु भयो । 

अध्यक्ष श्रेष्ठले भन्नु भयो, ‘सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने कुरामा मजदुरलाई भन्दा सरकारलाई बुझाउन सकेका छैनौं । यो नै समस्या हो । अनौपचारिक क्षेत्रको पनि कार्यविधि बन्दैछ । अहिले हामी छलफल गरिरहेका छौं । सरकारले चाहेमा यो तुरुन्त लागू हुन सक्दछ । तर अव सरकारले नचाहेको को होकि भन्ने हाम्रो आरोप छ ।’

जिफन्टले सामाजिक सुरक्षा भत्ता वितरणको विरोधमा केही मजदुरहरु आफै लागेको भन्दै आपत्ति जनाउँदै आएको छ ।

यसैबीच, जिफन्टले भोली (१८ गते) अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौंको भृकुटीमण्डवमा एक कार्यक्रमको आयोजना गरेको छ । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले सो कार्यक्रमको उद्घाटन गर्नु हुने पनि जिफन्टले जनाएको छ ।

 

275
Shares

धेरै हेरिएका

©Nepal Durbar 2021-2026. All rights reserved.

Developed By IvaZz Technology