©Nepal Durbar 2021-2026. All rights reserved.
Developed By IvaZz Technology
१९ वैशाख, काठमाडौँ । सोमबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ८ सयले घटेको छ ।
सोमबार सुनको मुल्य तोलाको ९८ हजार दुई रुपैयाँ कायम भएको छ । यस अघि आइतबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुन तोलाको १२ सयले घटेको थियो ।
सोमबार तेजावी सुनको मुल्य तोलाको ९७ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै सोमबार चाँदीको मुल्य पनि प्रतितोलामा १० रुपैंयाले घटेको छ । आइतबार १३२० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १२९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
