पाउमा हजारका नोट चढाउँदै भोट माग्दै !

Newsdurbar

२०७९-०१-१९

275
Shares

१९ वैशाख,  सिन्धुपाल्चोक । भोट माग्नका लागि यहाँका एक उम्मेदवारले मतदाताहरुको पाउमा दाम चढाइरहेको भेटिएको छ । मेलम्ची नगरपालिका वडा नं १० का वडा अध्यक्षका अमृत खनालले यसरी मतदाताको पाउमा हजारका नोट राख्दै ढोगेर भोट मागिरहेको खुलेको हो ।

खनाल नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार हुन् । उनी अहिले चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा छन् । सोही क्रममा प्रत्येक घरमा गएर पाउमा दाम चढाउँदै उनले भोट मागिरहेको स्थानीयले बताएका छन् ।

हाकाहाकी पैसा दिएरै भोट मागिरहेको थापा पाए पछि सोही वडामा नेकपा एमालेका उम्मेदवार तथा कार्यकर्ताहरुले भने आपत्ति जनाउँदै विरोध गरेका छन् ।

275
Shares

धेरै हेरिएका

©Nepal Durbar 2021-2026. All rights reserved.

Developed By IvaZz Technology