©Nepal Durbar 2021-2026. All rights reserved.
Developed By IvaZz Technology
१९ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नीजी क्षेत्रलाई कुनै पनि बहानामा अब निजी क्षेत्रलाई अध्याँरोमा राखेर उज्यालो सम्भव नभएको बताउनु भएको छ ।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले नीजी क्षेत्रलाई कुनै पनि बहानामा अब निजी क्षेत्रलाई अध्याँरोमा राखेर उज्यालो सम्भव नभएको बताउनु भएको हो । उहाँले अध्याँरोमा राखेर उज्यालो मात्रै नभएर नीजि क्षेत्रलाई हतोत्साही गर्न नहुने बताउनु भयो । अध्यक्ष गोल्छाले अर्थतन्त्रको पछिल्लो समय सरकारबाट भइरहेका ऊर्जा, ब्याजदर आदि उत्पादन लागत बढाउने विषयमा एकतर्फी निर्णयले कसैलाई फाइदा नपुग्ने बताउनु भयो । उहाँले कोभिडपछि पर्यटन आय ८० प्रतिशतले घटेको बताउनु भयो । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रेमिट्यान्स आप्रवाह र वस्तु व्यापार घाटाबीचको फरक ५२९ अर्ब रुपैयाँ पुगिसकेकाले अब रेमिट्यान्सले घाटा थेग्न नसक्ने अध्यक्ष गोल्छाले बताउनु भयो । उहाँले मुलुको आर्थिक संकट रोक्न वैदेशिक लगानी ल्याउने संयन्त्र सरकारले बलियो बनाउनु पर्ने बताउनु भयो । मुलुकभित्र नै लगानीको अवसर सिर्जना गरिनु आवश्यक रहेको अध्यक्ष गोल्छाको भनाई छ । उत्पादनमूलक उद्योग विस्तारको अवरोधका रूपमा रहेको कमजोर पूर्वाधार, प्रशासनिक अवरोध, पुँजीको लागतलगायत समस्या समाधानका उपाय बजेटमा खोजी गर्नु पर्ने बताउनु भयो।
उहाँले भन्नुभयो,‘नीजि क्षेत्रलाई हतोत्साही गर्न नहुदैन । कुनै पनि बहानामा अब निजी क्षेत्रलाई अध्याँरोमा राखेर उज्यालो सम्भव छैन । हामी भन्दैछौ, खुलस्त हौऔ, समस्या र जोखिम बाँडौं र त्यहीबाट समाधान निकालौं। वैदेशिक लगानी औसतमा वार्षिक २० अर्ब रुपैयाँ मात्रै आउँछ। वैदेशिक सहायताको ग्राफ भूकम्पपछिको पुनर्निर्माणका बेलाबाहेक सीधा छ। कोभिडपछि पर्यटन आय ८० प्रतिशत घटेको छ। चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रेमिट्यान्स आप्रवाह र वस्तु व्यापार घाटाबीचको फरक ५२९ अर्ब रुपैयाँ पुगिसकेको छ । यसको अर्थ अब रेमिट्यान्सले घाटा थेग्न सक्दैन। रेमिट्यान्स प्रोत्साहन कार्ययोजना ल्याएर रेमिट्यान्स बढाउन सकिन्छ। नियमित रेमिट्यान्स पठाउने युवाहरुलाई स्मार्ट रेमिट्यान्स कार्ड जारी गर्नुपर्छ। जसलाई वित्तीय सेवासँग जोडनुपर्छ। सहुलियतपूर्ण कर्जालाई यससँग जोडन सकिन्छ। अबको संकट रोक्न रकम भित्र्याउने संयन्त्र बलियो नबनाइ हुँदैन। मुलुकभित्र लगानीको अवसर सिर्जना गरिनुपर्छ। त्यसैले लगानी चहिन्छ, चाहे त्यो स्वदेशी होस् वा विदेशी। तर मुनाफाको सुनिश्चितता नभई लगानी आउँदैन। प्रतिस्पर्धी व्यावसायिक वातावरण भएको ठाउँमा लगानी हुन्छ। नेपालमा त्यो वातावरण बनाउने भनेको सरकार र निजी क्षेत्र मिलेर हो। धेरै समस्याको समाधान लगानी हो। दुई दशकमा अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको हिस्सा १२ बाट ५ प्रतिशतमा झरेको छ। उत्पादनमूलक उद्योग विस्तारको अवरोधका रूपमा रहेको कमजोर पूर्वाधार, प्रशासनिक अवरोध, पुँजीको लागतलगायत समस्या समाधानका उपाय खोजी बजेटले गर्नुपर्दछ। अबको प्राथमिकता पूर्वाधारमा विदेशी लगानी आकर्षित गर्ने तर्फ केन्द्रित हुनुपर्छ।
त्यस्तै, महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत प्राधिकरणकै लापरबाहीबाट अहिले विद्युत संकट आएको बताउनु भयो । उहाँले अहिले पनि उत्पादन भएको २७ मेगावट विद्युत प्रसारणलाइन नजोडिएको बताउनु भयो । अहिले भारतबाट महँगोमा विद्युत खरिद गर्न खोजे पनि किन्न नसकेको अवस्था रहेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो,‘२७ मेगावट विद्युत हाम्रो तयारी अवस्थामा छ । त्यहाँ स्थानीयको विरोधको कारण करिव २ किलो मिटर ट्रान्समिसन लाइन विद्युत प्राधिकरणले समयमा नै तान्न नसकेको कारणबाट जोडिएको छैन । अहिले भारतबाट महँगोमा विद्युत खरिद गर्न भनेको छौं। महँगोमा पनि किन्न नसकेको अवस्था छ । उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोडिन सकेको छैन । यस्तो समस्या तत्काल समधान गर्न माग गर्दछु । गत वर्षको बजेटमा २०० मेगावट बढी विद्युत उत्पादन गर्न सहुलियत दिने भनेको थियो । यो वर्षको बजेटमा ५० मेगावट माथिको लागि पनि सहुलियत दिनु पर्छ ।’
वरिष्ठ उपाध्यक्ष ढकालले गत वर्षको बजेटमा २०० मेगावट बढी विद्युत उत्पादन गर्न सहुलियत दिए जस्तै यो वर्षको बजेटमा ५० मेगावट माथिको लागि पनि सहुलियत दिनु पर्ने माग राख्नु भयो ।
