©Nepal Durbar 2021-2026. All rights reserved.
Developed By IvaZz Technology
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले घटेर रु ९७ हजार २०० तोकिएको छ ।
पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार २००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ ।
यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २९० कायम रहेको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५८ डलर आसपास कारोबार भइरहेको छ ।
