नेप्से परिसूचकको गिरावट जारी

Newsdurbar

२०७९-०१-२१

265
Shares

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३१.७६ अङ्कले ओरालो लागेर दुई हजार २७५.६८ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.९० अङ्कले ओरालो लागेर ४३६.८८ मा ओर्लेको छ । कूल २३३ कम्पनीको ३६ लाख दुई हजार ८४८ कित्ता शेयर रु एक अर्ब २६ करोड ९२ लाख १९ हजार ४२१ मूल्यमा खरिद बिक्री भए । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३२ खर्ब ३७ अर्ब ४९ करोड सात लाख ३० हजार बराबर रहेको छ । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ १३.२३, व्यापार ४३.०७, होटल तथा पर्यटन ४०.९८, विकास बैंक ८७.६३, जलविद्युत् ५९.९३, वित्त ३४.१९, निर्जीवन बीमा २१०.८२, उत्पादन ४४.५७, अन्य ३१.३९, लघुवित्त ५३.५९, जीवन बीमा २८६.८२, सामूहिक लगानी कोष ०.०७ र लगानी १.०७ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्षस्थानमा छ । सो कम्पनीको रु चार करोड ५८ लाख ९६ हजार ६५९ बराबरको कारोबार भयो । हिमालयन डिष्टिलरी रु तीन करोड ५२ लाख ३३ हजार ४०४, नबिल बैंक रु तीन करोड ४२ लाख ५० हजार ३०६, नेपाल दूरसञ्चार प्राधिकरण रु तीन करोड ४० लाख ३४ हजार ७८९ र नेपाल पूर्वाधार बैंक रु दुई करोड ९२ लाख ८२ हजार ८५३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार जालपा सामुदायिक लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । त्यस्तै बरुण हाइड्रोपावर ४.४५, एनआइसी एशिया सेलेक्ट फण्ड २.३५, सानिमा बैंकको ऋणपत्र १.९१, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ फण्ड दोस्रोका लगानीकर्ताले १.८८ प्रतिशतले कमाए ।

त्यस्तै ग्रीन भेञ्चर लिमिटेड ९.३६, युनियन हाइड्रोपावर ५.७७, सप्तकोशी डेभलपमेन्ट बैंक ५.३८, नेशनल हाइड्रोपावर ५.३६ र बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले ५.३५ प्रतिशतले गुमाए । 

265
Shares

धेरै हेरिएका

©Nepal Durbar 2021-2026. All rights reserved.

Developed By IvaZz Technology