नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार सम्मेलन

Newsdurbar

२०७९-०१-२३

280
Shares


नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पुँजी बजार देशको अर्थतन्त्रको ऐन बन्न सक्नुपर्ने बताउनुभएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार आयोजना गरेको पुँजी बजार सम्मेलनमा बोल्दै मिश्रले पुँजी बजार अर्थतन्त्रको ऐन बन्न सक्नु पर्ने बताउनु भएको हो । उहाँले शेयर बजार पछिल्लो समय उचारचढाव आएकाले बजारमा सबै क्षेत्रको अपरिपक्व पुँजी लगानीको आवश्यकता रहेको बताउनु भयो । मिश्रले बजारमा ’टेक्नोलोजिकल मचुरिटी, पोलिसी मचुरिटी, ट्रान्जेक्सनवाइन मचुरिटी, इथिकल मचुरिटी’ आउनु पर्ने बताउनु भयो ।  उहाँले पोलिसी मचुरिटीमा राष्ट्र बैंकको पनि भूमिका हुने बताउनु भयो । बजार परिपक्व नभए पुँजी बजार माथि जान नसक्ने धारणा राख्नु भयो । उहाँले पछिल्लो समय ४२ खर्बको पुँजीकरणबाट ३३ खर्बको पुँजीकरणमा झर्नु राम्रा नभएको बताउनु भयो । उहाँले भन्नुभयो,‘ नेपालमा पुँजीबजार सम्बन्धि जानकारी सबै जनताले जान्न जरुरी छ । ५१ लाखले मात्रै होइन । सक्रिय रुपमा शेयर कारोबार गर्ने लगानीकर्ताको सख्या वृद्धि गर्नु पर्छ। नेप्से प्रविधि मैत्री हुनुपर्छ ।हामीले कति मात्रामा लुज गरिरहेका छौं । ४२ खर्बको पुँजीबजारबाट ३३ खर्बमा आयो ३३ खर्बबाट ३८ खर्बमा पुग्यो । नेप्सेमा क्षेत्रगत रुपमा सन्तुलन छैन । कुनै क्षेत्रमा ठूलो लगानी छ । त्यसमा धेरै कारोबार हुन्छ । एउटा इनडेक्स बढ्दा नेप्से माथि जानसक्छ अर्को ५० वटा कारोबार गर्दा पनि माथि जान सक्दैन । परिपक्क पुँजीबजारमा सम्मेलनलाई हाम्रो शुभकामना छ । पुँजीबजारले देशको अर्थतन्त्रको ब्यारोमिटरको काम गरोस् । आर्थिक स्थितिको टेवा प्रदान गर्न सकोस् ।

त्यस्तै,नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले ब्रोकर कम्पनीको संख्या पुनरावलोकन जरुरी रहेको बताउनु भयो । उहाँले ब्रोकर कम्पनीको संख्या पुनरावलोकन गर्ने विषयमा आफूहरु सबैसँग छलफल गरेर अध्ययन भइरहेको बताउनु भयो । कार्कीले नेपाली पूँजी बजारको विकास र विस्तारका लागि नेप्से सकारात्मक रहेकाले आवश्यकता अनुसार नीतिगत सुधारका प्रयास भइरहेको बताउनु भयो । बजारप्रति सर्वसाधारण तथा युवा वर्गको चासो बढ्दै गएकाले नेप्सेलाई प्रविधि मैत्री बनाउने विषयमा नेप्से लागि रहेको बताउनु भयो । शेयर बजारलाई परिपक्व बनाउन शेयर बजार र लगानीकर्ता आफूले किन्ने कम्पनीको बारेमा पूर्ण जानकार हुनुपर्ने उहाँको भनाई छ । उहाँले साना तथा मझौला कम्पनीहरुलाई नेप्सेले एसएमई इन्डेक्स प्लाटफर्म निर्माण गर्ने बताउनु भयो । रियल क्षेत्रका कम्पनीहरुलाई पनि नेप्सेमा ल्याउनको लागि आवश्यक गृहकार्य भइरहेको उहाँले बताउनु भयो । कार्कीले एसएमई इन्डेक्स प्लाटफर्म निर्माण गर्न छिटै कार्यदल गठन गरेर अध्ययन अघि बढाउने तयारीमा नेप्से रहेको बताउनु भयो । हाल संचालनमा रहेको ओटिसी प्लाटफर्म समेत प्रारम्भिक चरण मै रहेको भन्दै कार्कीले सात लाखभन्दा बढी कम्पनीहरु रजिष्ट्रार कार्यालयमा दर्ता रहँदा २५२÷५४ कम्पनी मात्रै हाल ओटिसीमा आबद्ध भएको बताउनु भयो ।  

ओटिसी प्लाटफर्म पनि प्रभावकारी र प्रविधिमैत्री बनाएर जाने तयारीमा रहेको बताउनु भयो । 

280
Shares

धेरै हेरिएका

©Nepal Durbar 2021-2026. All rights reserved.

Developed By IvaZz Technology