मदिरा बिक्री वितरण तथा सेवनमा रोक

Newsdurbar

२०७९-०१-२६

252
Shares

जिल्ला प्रशासन कार्यालय धनुषाले आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी मङ्गलबारदेखि मदिरा बिक्री, वितरण तथा सेवामा रोक लगाएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना जारी गरी मङ्गलबारदेखि जिल्लाभरि सबै प्रकारका मादक पदार्थ (मदिरा)को बिक्री वितरण तथा सेवा निषेध गरिएको जानकारी दिनुभएको छ ।

निर्वाचनलाई लक्षित गरी मङ्गलबारदेखि नेपाल–भारत सिमा नाका बन्द रहनेसमेत उहाँले बताउनुभयो । स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न पदार्थ (मदिरा) को बिक्री वितरण र सेवन कार्य निषेध गर्नुका साथै गते मङ्गलबार राति १२ बजेदेखि शुक्रबारसम्म भारतीय सीमासँग जोडिएका सीमानाकासमेत पूर्ण बन्द रहने प्रजिअ पौडेलको भनाइ छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षालाई दृष्टिगत गर्दै स्थानीय प्रशासन ऐन, २०२८ तथा स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ का विभिन्न व्यवस्थाअनुसार यस्तो आदेश जारी गरिएको उहाँले बताउनुभयो । मङ्गलबार राति १२ बजेदेखि ३० गतेका दिन मतदान कार्य सम्पन्न नहुञ्जेलसम्म एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा÷शव बाहन, अस्पताल सेवा तथा विद्युत् सेवाजस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सावरी साधन र अनुमति प्राप्त सवारी साधनबाहेकका सावरी साधन सञ्चालनमा निषेध गरिएको प्रजिअ पौडेलद्वारा जारी सूचनामा उल्लेख छ । औरहीमा माओवादी र नेकपा एसबीच गठबन्धन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले धनुषाको औरही गाउँपालिकामा चुनावी गठबन्धन गरेको छ । आसन्न निर्वाचनमा माओवादीले गाउँपालिका अध्यक्ष र नेकपा एसले उपाध्यक्ष लिएर चुनावी गठबन्धन गरेको जनाएको छ । माओवादीका धनुषा अध्यक्ष दीपककुमार यादव र नेकपा एसका अध्यक्ष रामचन्द्र पण्डितले गठबन्धन गर्ने सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

दुवै दलबीच औरही गाउँपालिकाको अध्यक्षसहित वडा नं. १, ३, ५ र ६ नम्बर वडाको वडाध्यक्ष माओवादीले र उपाध्यक्षसहित वडा नं २ र ४ को वडाध्यक्ष नेकपा एसले लिएर गठबन्धन गर्ने सहमति गरिएको जनाइएको छ । सहमतिसँगै दुवै दलले संयुक्तरुपमा चुनावी प्रचारप्रसार सुरु गरेका छन् । 

252
Shares

धेरै हेरिएका

©Nepal Durbar 2021-2026. All rights reserved.

Developed By IvaZz Technology