©Nepal Durbar 2021-2025. All rights reserved.
Developed By IvaZz Technology
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिकामा नेकपा (एमाले)को अग्रता निरन्तर छ ।
पछिल्लो पटक पाँच हजार ९७७ मतगणना हुँदा एमालेका सुखाडीप्रसाद चौधरी दुई हजार १४६ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने उहाँका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका अनिलकुमार गांैडले एक हजार २७५ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेकी बासमती हरिजन एक हजार ९१० मतका साथ अग्रस्थानमा हुनुहुन्छ, भने उहाँलाई नेपाली कांग्रेसकी उत्तमा रायले एक हजार ५४० मतले पछ्याइरहनुभएको छ । प्राप्त मतपरिणाम अनुसार वडा नं ७ मा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । माओवादीका ह्यात खाँ धुनियाले ९२६ मत प्राप्त गरी दोस्रो पटक वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्दी एमालेका मनोहर यादवले ८६५ मत प्राप्त गर्नुभएको छ । वडा नं ७ को मतगणना सकिएको छ भने वडा नं १ र ६ को मतगणना जारी छ ।
सात वडा रहेको उक्त गाउँपालिकामा कूल मतदाता २५ हजार ९१२ रहेकामा २१ हजार २२ मत खसेको थियो ।